काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ३३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ६३७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट १०३ जना निको भएर डिस्चार्ज भएका छन् ।
कहाँकहाँ थपिए संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कैलालीमा १३ जना संक्रमित थपिएका छन् । यस्तै मोरङका ९, डोटीका ७, दैलेखका ५, रुकुम पश्चिमका तीन र तेह्रथुम, सर्लाही, गुल्मी, पाल्पा, डडेलधुरा र बझाङका २/२ जनामा संक्रमण पुष्टि भएको छ ।
इलाम, झापा, बारा, नुवाकोट, बाग्लुङ, पर्वत, सल्यान र कञ्चनपुरमा एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३