थम्मन थापा, बागलुङ – गलकोट नगरपालिका वडा नं ७ मल्ममा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । वडा नं ७ स्थित आगाँखेत बामियाँ जोड्ने झोलुङगे पुलको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले शिलान्यास गरेका हुन् ।
शिलान्यास पछि बोल्दै नगर प्रमुख गैरेले गलकोट नगरपालिका भित्र सम्पन्न हुन लागेका ५ वटा पुल मध्ये आगाँखेत बामिया जोड्ने झोलुङ्गे पुललाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताए । उनले पुल निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण समितिलाई आग्रह गरे । गैरेले जनताको हरेक गतिविधिमा नगरपालिकाले सदैव सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
बि.वाई.सी बागलुङ र एस डब्लु ए पि को समन्वयमा गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६/७७ मा विनियोजित ३७ लाख ५० हजारको लागतमा उक्त झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । पुरानो पुल गत वर्ष बैशाख १ र २ गते हुलुवा खोलामा आएको बाढीले बगाएपछि स्थानीयलाई ओहोर दोहोर गर्न समस्या भएको थियो । अब पुल निर्माण भएपछि आगाँखेत र बामियाका स्थानिय सँगै दिपज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई समेत खोला वारपार गर्न सहज हुने विश्वाश लिइएको छ ।
६९ मिटर लामो उक्त पुल निर्माणको काम एक महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यो पुल भएर बागलुङ सदरमुकाम सम्म पुग्न पश्चिम बागलुङ सम्मका नागरिकहरु ओहोरदोहोर गर्ने गर्दछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३