ललितपुर – गुठी संस्थानले आज एक सूचना जारी गर्दै श्रावण १० गते हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण पुन: कोभिड १९ संक्रमणको अवस्था देखाउदै हाललाई स्थगित गरेको छ ।
हिजो मात्रै गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै श्रावण १० गते रथारोहणको लागि १२:०५ देखि १२:२५ सम्मको साइत प्राप्त भएको जनाएको थियो ।
संस्थानबाट जारी सूचनामा ज्योतिषबाट पुनः साइत प्राप्त भएपछि रथारोहण हुने जानकारी गराएको छ ।
नेपाल सरकारले हिजो मध्यरातबाट लकडाउन पूर्ण रुपमा खोलेको बताएपनि जात्रा, सभा, समारोह जस्ता भीड जम्मा हुने कार्यक्रममा प्रतिवन्ध कायम नै रहेको बताएको थियो ।
नेपाल सरकारको यस्तो निर्देशनका वावजुद हिजै गुठी संस्थान ललितपुरले रथारोहणको लागि भन्दै सरोकारवालालाई पत्र जारी गरेको थियो ।
गुठी संस्थानले रथारोहणको साइत बारम्बार स्थगित गर्दै आइरहेको छ। यस अघि पनि असार २४ गतेका लागि रथारोहणको साइत भनिए पनि अघिल्लो दिनमा आएर स्थगित गरिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३