काठमाडौं – आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । तोलामै ९६ हजार नाघेर हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८६० पुगेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज बढेर प्रतितोला ११५५ पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार भने ठप्प भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३