काठमाडौं – विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो ।
बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा पठाउन आदेश भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिपक थापाले बताए ।
शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो । शिवाकोटीले प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखासम्म पुगेका थिए ।
घटना संवेदनशील भएकाले महाशाखाले एक जना महिला डीएसपीलाई खटाएर अनुसन्धान गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३