काठमाडौं – कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ३ जना चिकित्सकसहित १८ जनामा कोरोना संक्रमण देखिएको छ । गत सोमबार अस्पतालका ९१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउदा १८ जना कारोना भाईरस संक्रमित भएका छन् ।
ओपिडी, ल्याब, नर्सिङ र ईमरजेन्सी फााटका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । त्यस्तै काउण्टर र प्रशासन फााटका कर्मचारी पनि संक्रमित भएका छन् । अस्पतालका चमेना गृह संचालक पनि संक्रमित भएका छन् । ६० जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । १३ जनाको रिर्पोट आउन बाँकी छ । उनीहरुको पिसिआर परीक्षण प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३