काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट नेपालमा एकै दिन सातजनाको मृत्यु भएको छ।
मंगलबार दिउसोसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार ब्रिफिङका क्रममा सो जानकारी दिएका हुन।
गौतमका अनुसार मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, कास्की र बाँकेका एक एकजना पुरुष र तनहुँ जिल्लाका एक महिला रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा एकैदिन १ हजार १६ जना कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौँ उपत्यकामा मात्रै २०५ जनामा कोरोना संक्रमित भेटिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७