काठमाडौं – प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २ सय ३ रुपैयाँ ऋणभार परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले राष्ट्र ऋण ३५.४५ प्रतिशतले बढेको देखाएको हो । नेपालको राष्ट्र ऋण बढेर १४ खर्ब १९ अर्ब पुगेको छ । अघिल्लो आवसम्म यस्तो ऋण १० खर्ब ४७ अर्बमात्रै थियो । उक्त ऋण अघिल्लो आवको भन्दा ३ खर्ब ७१ अर्बले बढी हो । गत आवमा कुल गार्हस्थ्य उत्पादनमा ऋणको हिस्सा बढेर ३७.७ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस्तो हिस्सा ३०.१ प्रतिशत थियो ।
गत आवमा सरकारले लिएको ऋणमध्ये ८ खर्ब ५ अर्ब ८३ करोड वाह्य ऋण हो भने ६ खर्ब १३ अर्ब आन्तरिक ऋण हो । सरकारले लिएको आन्तरिक र वाह्य ऋणलाई नेपालको कुल जनसंख्याले भाग गर्दा नेपालीको टाउको ४७ हजारभन्दा बढी ऋणको भार परेको हो । आज भदौ ८ गते केन्द्रीय तथ्यांक विभागअनुसार नेपालको जनसंख्या ३ करोड ६१ हजार ९ सय ९५ जना रहेको छ । नेपालको कुल जनसंख्याले कुल ऋणभारलाई भाग गरेर प्रत्येक नेपालीको ऋणभार निकालिएको हो ।
सरकारले गत आवमा १ खर्ब ९४ अर्ब ६४ करोड आन्तरिक ऋण परिचालन गरेको छ भने ३४ अर्ब ४० करोड साँवा भुक्तानी गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३