काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरेको छ । इन्स्योरेन्स कम्पनीले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ आज शुक्रबार आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
कम्पनीको आईपीओमा अनुसार २० हजार ५०९ जनाले आईपीओ नपाउने भएका छन् । कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाबाट आवेदन परेका छन् । त्यस मध्ये एक हजार ९५५ वटा आवेदनहरु रद्द भएका छन् । ५ लाख ८७ हजार ५०९ वटा आवेदन योग्य भएका छन् । बिक्री प्रबन्ध सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा अनुसार एक हजार ९ सय ५५ जनाले आईपीओ नपाउने भएका छन् ।
कम्पनीले कुल ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो । कम्पनीले ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । त्यस मध्ये सामुहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता सेयर छुट्याएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार योग्य आवेदकलाई न्यूनतम १० कित्ताका दरले वितरण गर्दा ५ लाख ६७ हजार जनाले मात्रै कम्पनीको सेयर पाउका हुन् । इन्स्योरेन्सको आईपीओ ४.०४ गूणा बढी आवेदन परेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३