काठमाडौं – काठमाडौं उपत्यकामा थप ४ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा उपत्यकाभित्र ४ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए।
यो संख्या काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबभन्दा बढी हो। शुक्रबार थपिएका संक्रमितहरू काठमाडौंका ३ सय ५० जना, ललितपुरका ५४ जना र भक्तपुरका ११ जना छन्।
उनीहरूको काठमाडौंस्थित विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो।
बिहीबारमात्रै काठमाडौं उपत्यकामा ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३