काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का कुनै पनि मुलुकमा अहिलेसम्म भेटिएको भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७८ हजार ७६१ नयाँ संक्रमित फेला परेका हुन् । यसअघि अमेरिकाले एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने रेकर्ड बनाएको थियो । अमेरिकामा एकैदिन ७७ हजार ६३८ संक्रमित फेला परेका थिए ।
यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लख ४२ हजार ७३४ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ६३ हजार ४९८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ९४८ जनाको मृत्यु भएको हो ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका २७ लाख १३ हजार ९३४ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । अहिले सात लाख ६५ हजार ३०२ संक्रमित निको हुन बाँकी छन् ।
भारत कोरोना संक्रमित संख्याको आधारमा सबैभन्दा प्रभावित तेस्रो मुलुक हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार सबैभन्दा प्रभावित अमेरिकामा अहिलेसम्म ५९ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने ब्राजिलमा ३८ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३