काठमाडौँ – जुनै बैंकको एटिएम कार्ड प्रयोग गरि कुनै पनि बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ।
केन्द्रिय बैंकले आइतबार भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७७ जारी गर्दै एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन नपाइने व्यवस्था गरेको छ।
यसअघि लकडाउनको समयमा बैंकहरुले अन्तरबैंक एटिएम प्रयोग गर्दा शुल्क नलिएपनि लकडाउन खुलेसँगै अन्तरबैंक एटिएम प्रयोग गर्दा शुल्क लिने गरेका थिए। अब भने बैंक तथा वित्तीय संस्थाहरुले अन्तरबैंक एटिएम प्रयोग गर्दा ग्राहबाट कुनै शुल्क लिन नपाउने भएका छन्।
त्यस्तै बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट/क्रेडिट) जारी गर्न पाउने छैन भने कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएस मार्फत दिनुपर्नेछ तथा कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनुपर्नेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७