काठमाडौँ – शुक्रबार देशभर कोरोनाका १३५९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।
यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । यसअघि बिहीबार एकैदिन १२२८ जना कोरोना संक्रमित थपिएका थिए।
यीसहित हालसम्म संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५५६१ पुगेको छ। पछिल्लो २४ घण्टामा १३६३८ जनाको पिसिआर परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७