ललितपुर – रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा नियमितता हुन नसकेका कारण क्षमा पुजा सम्पन्न गरिएको छ ।
रातो मछिन्द्रनाथको तान्न सुरु गरिसकेपछि रोक्न नहुने धार्मिक आस्था रहदै आएकोमा यसपाली भने केही अनियमित भएका कारण क्षमा पुजा गरिएको रथका पुजारी पूर्णराज शाक्यले बताए ।
समन्वय बिना रथ तान्दा भित्र विराजमान भगवान पनि पल्टिएको र यसपालि परापुर्वकाल देखि मनाउदै आएको जात्राभन्दा भिन्न भएका कारण तथा समय मै सुभारम्भ र समापन गर्न नसकेका कारण भगवानसँग क्षमा माग्न यस पुजाको आयोजना गरिएको एक पुजारीले बताए ।
रथ तान्ने क्रममा प्रहरीले अवरोध गरेपछि हिजो दिनभर नै पुल्चोक गाबाहाल क्षेत्र स्थानीय र प्रहरीबीच भएको झडपका कारण तनावग्रस्थ भएको थियो ।
यधपी ज्यापु समाज तथा अन्य जात्रा सरोकारवालाहरुले सम्बन्धीत संस्थासँगको समन्वय बिना नै असम्बन्धीत व्यक्ति आएर रथ तानेको आरोप लगाएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३