काठमाडौँ – सुनको भाउ ओरोलो लाग्ने क्रम जारी छ। गत बुधबारदेखि ओरालो लागिरहेको सुनको भाउ साताको पहिलाे दिन पनि घटेको छ। भदौ २१ गते आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो।
यस दिन छापावाला सुनकाे मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजाबी सुनकाे प्रतितोला ९५ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
चाँदीको भाउ भने आइतबार वृद्धि भएको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँ निर्धारण गरिएको छ। गत साताको मंगलबार एक हजार ३९५ रुपैयाँसम्म पुगेको चाँदीको भाउ त्यसयता भने गिरावट भएको देखिन्छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७