भारतको राजधानी नयाँदिल्लीको मेट्रो रेलसेवा पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि बन्द गरिएको रेलसेवा सोमबारदेखि खुलेको हो ।
दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले सरकारी निर्देशिकाबमोजिम सोमबार बिहान ७ बजेदेखि ४९ किलोमिटर लामो रेलसेवा सञ्चालन ल्याइएको जनाएको छ । लामो समयपछि सञ्चालनमा आएको भए पनि सोमबार रेलमा यात्रुहरूको संख्या निकै न्यून रहेको थियो । ‘लाइनमा बस्न नपरोस् भनेर म छिट्टै आइपुगेको थिएँ । स्नेसनमा मानिसको खासै भीड थिएन र यात्रुहरूले निर्देशनहरूको पालना गरेका थिए,’ एक यात्रु कुमुद प्रियाले भने ।
यात्रुहरूले रेलसेवा सञ्चालनमा आएकोमा आफूहरूलाई खुसी लागेको बताएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सोमबारदेखि आंशिक रूपमा सञ्चालनमा ल्याएको भए पनि सेप्टेम्बर १२ देखि मेट्रोले पूर्णरूपमा सेवा दिने डीएमआरसीले जनाएको छ ।
डीएमआरसी प्रमुख मन्गु सिंहले प्रभावकारी र सुरक्षित सेवाका लागि यात्रुहरूको सहयोग अत्यावश्यक भएको बताएका छन् । भारको केन्द्र सरकारले जारी गरेकोको निर्देशिकाअनुसार दिल्ली राज्यमा व्यावसायिक गतिविधि सञ्चालन हुन थालिसकेका छन् । जसका कारण सार्वजनिक यातायातको समस्या हुन थालेपछि केही दिनअघि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मेट्रो रेलसेवा सञ्चालनका लागि केन्द्र सरकारसँग अनुमित मागेका थिए ।
केजरीवालले ट्वीट गर्दै रेलसेवा सञ्चालनमा आएकोमा खुसी लागेको बताएका छन् । ‘मेट्रो सेवा सञ्चालनमा आएकोमा मलाई खुसी लागेको छ । व्यवस्थापन निकै राम्रो गरिएको छ । हामीले नियमहरू पालना गर्न कुनै हेलचेक्र्याइँ गर्नुहुन्न,’ केजरीवालले लेखेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३