काठमाडौं – नक्कली बिलबिजक प्रयोग गरि ३६ करोड ८८ लाख भन्दा बढी ठगि गरेको अभियोगमा राजश्व अनुसन्धान विभागल विभिन्न कम्पनीलाई बिगो दाबी गरि उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
सन्तोषी निर्माण सेवा, स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्स, बिग प्लान सप्लायर्स, बिग प्लान ब्याग उद्योग भक्तपुर, एनपी ट्रेड एण्ड सप्लायर्स र सम्मानित ट्रेड कन्सर्नविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।
सन्तोषी निर्माण सेवाका सञ्चालकसहित ३ जनाबाट ६ करोड २२ लाख ७४ हजार २८८ रुपैयाँ बिगो असुल गरि जरिवाना र कैद माग दाबी गर्दै भदौ ११ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ । सन्तोषी निर्माण सेवाले वस्तु तथा सेवा नै खरिद नगरि झुटा र नक्कली भ्याटबिल बिक्रि गरेको विभागले जनाएको छ ।
त्यस्तै, स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक विरेन्द्र कुमार चौधरी, यति इन्टरनेशनलका सञ्चालक उषा कुमारी चौधरी र रिवाज इन्टरनेशनलका सञ्चालक हर्ष चौधरीबाट ५ करोड ८ लाख ९४ हजारको बिगो दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको विभागले जनाएको छ ।
त्यसैगरि, काठमाडौं महानगपालिका वडा नं. ३२ मा रहेको बिग प्लान सप्लायर्स, बिग प्लान ब्याग उद्योग भक्तपुर, एनपी ट्रेड एण्ड सप्लायर्स र सम्मानित ट्रेड कन्सर्नले राजश्व छलि गरेको अभियोगमा २५ करोड ५७ लाख ९७ हजारको बिगो दाबीसहित भदौ ४ गते विभागले उच्च लदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
विग प्लान सप्लायर्स र विग प्लान व्याग उद्योगले दुई करोड ६ लाख ६ हजार ५२३ रुपैयाँ मूल्यअभिबृद्धि कर र ४ करोड ९० लाख रुपैयाँ आय कर, ए.पि. ट्रेड एण्ड सप्लायर्सले मुल्य अभिबृद्धि ३ करोड ७१ लाख र आयकर ८ करोड ९८ लाख, सम्मानित ट्रेड कन्सर्नले मूल्य अभिबृद्धि कर एक करोड ७७ लाख र ४ करोड १२ लाख आयक कर चुहावट गरेकोले विभागको ठहर छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३