काठमाडौं – सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङको मिति अझै टुंगो लागेको छैन । यातायात ब्यवस्था विभाग र व्यवसायीहरुसँग छलफल नसकिदा अग्रिम टिकट बुकिङ खुला गर्ने मिति तय हुन नसकेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
महानिर्देशक हमालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।
सरकारले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी भाडा लिएर सिटमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने नियम बनाएका कारण पनि विभाग र व्यवसायीबीचमा सहमति नभएको एक यातायात व्यवसायीले बताए । दशैंको अग्रिम टिकट बुकिङ खुल्नुअघि नै यो माग सम्बोधन हुनुपर्ने अडान व्यवसायीको माग रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३