एजेन्सी – अमेरिकाको एक संस्थाले अहिले कोरोना भाइरस कोभिड १९ हावाबाट फैलिरहेको बताएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले गरेको एक अध्ययनले अहिले हावाबाट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी फैलिरहेको देखाएको हो । सिडिसीले सोमबार हावाबाट भाइरस अन्य व्यक्तिमा सर्न सक्ने पुष्टि सहितको रिर्पोट सार्वजनिक गरेको छ ।
सीडीसीका अनुसार कोरोना भाइरस धुवाँजस्तो लामो समयसम्म हावामा रहन सक्ने भएकाले यसको संक्रमण फैलिरहेको उल्लेख गरेको छ । संक्रमितको मुखबाट निस्केका एरोसेलहरू ६ फिट पर हावाको माध्यमबाट सजिलै पुग्न सक्ने र अन्य व्यक्तिमा फैलिने तथ्य पहिले नै सार्वजनिक भइसकेको थियो ।
अमेरिकी वैज्ञानिकहरूको एक समूहले सोमबार मेडिकल जर्नल अफ साइन्समा प्रकाशित गरेको अध्ययनअनुसार पछिल्लो समय संक्रमितको नजिकबाट भन्दा पनि हावाबाट संक्रमण बढी फैलिरहेको हो । संक्रमणबाट बच्न भौतिक दूरी कायम गरिएकाले संक्रमणको दर घट्नुपर्ने भए पनि तुलनात्मक रूपमा बढिरहेकाले पनि हावालाई नै संक्रमितको प्रमुख माध्यम मानिएको छ ।
अनुसन्धानका अनुसार हावामा रहेका भाइरस केही सेकेन्डदेखि केही घन्टासम्म बाँच्न सक्छन् । र, हावाको माध्यमबाट दुई मिटर वा सोभन्दा बढी यात्रा गर्न सक्छन् । हावामा रहेका भाइरस उडेर इन्डोर वा कम भेन्टिलेसन भएका स्थानसम्म पुग्न सक्छन्, जुन अन्य व्यक्तिका लागि जोखिमपूर्ण हुन्छन् ।
पछिल्लो समय हजारौं संक्रमितले श्वास फेर्दा वा हाछ्यँु गर्दा निस्कने एरोसेलले हावामा लाखौँको संख्यामा भाइरस हुन सक्ने र सावधानी नअपनाउँदा सजिलै स्वस्थ व्यक्तिमा सर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
अध्ययनका अनुसार, एकचोटि खोक्दा कम्तीमा तीन हजार र हाछ्युँ गर्दा ३० हजारभन्दा बढी पानीका थोपाहरू निस्कन्छन् । जुन हावामा मिसिन्छन्, हावाको गति बढी भएमा छोटो समयमा परसम्म पुग्न सक्छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३