काठमाडौं – काठमाडौंका केही स्थानमा बिहिबार बत्ती जाने भएको छ । बिहीबार दिउँसो बालाजु र कुलेश्वर वितरण केन्द्रका विभिन्न स्थानमा २ घण्टा बत्ती जाने भएको हो ।
नेपाल विद्युत प्राधिकरणले बिहीबार दिउँसो २ बजेदेखि ४ बजेसम्म ती स्थानमा बत्ती काट्न लागिएको प्राधिकरणले जानकारी दिएको छ । बालाजु वितरण केन्द्रअन्तर्गत ढुङ्गेधारा तथा गोलढुङ्गा फिडर र कुलेश्वर वितरण केन्द्रको स्वयम्भु फिडरमा बिहीबार २ घण्टा बत्ती काट्न लागिएको हो।
रिङरोड विस्तार कार्यक्रम अन्तर्गत एचटी लाइन तथा पोल सार्ने काम भइरहेकाले सो अवधिमा लाइन सटडाउन हुने प्राधिकरणले जनाएको छ। यी दूई वितरण केन्द्रअन्तर्गत ढुङ्गेधारा, वनस्थली, फुलबारी गेट, नागार्जुन, स्वयम्भु मन्दिर क्षेत्रलगायतका स्थानमा बत्ती काटिने प्राधिकरणले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७