काठमाडौं – अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले बिदेशमा रहेका नेपालीलाई लक्षित गरेर दशैंको टीका लगाउने उत्तम साइत निर्धारण गरेको छ । समितिको बिहीबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने साइत जुराएको हो ।
समितिले निर्धारण गरेको साइत अनुसार भारत, जापान, अस्ट्रेलिया, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, न्युजिल्याण्ड लगायतका देशमा सेप्टेम्बर २६ को स्थानीय समय अनुसार बिहान ९ः४३ देखि १०ः३५ सम्म तोकिएको छ ।
यस्तै अमेरिका, बेलायत, क्यानडा, पोर्चुगल र फ्रान्समा अक्टोबर २६ तारिकमा टीकाको शुभ साइत जुरेको छ । अमेरिकाको न्युयोर्क सहरमा प्रातः ११ बजेर ५ मिनेटमा, केन्टुकीमा ११ः०७ मा, टेक्सासमा ११ः५७ मा र क्यालिफोर्नियामा ११ः४५मा टीकाको शुभसाइत जुरेको छ । बेलायतको लण्डनमा ११ः३९ बजेको लागि साइत जुरेको छ ।
यसबाहेक क्यानडाको टोरन्टोमा ११:४३, पोर्चुगलको लिस्बनमा ११ः३७ र फ्रान्सको पेरिसमा २५ सेप्टेम्बरको ११ः४१ मा टीकाको शुभ साइत जुरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७