काठमाडौँ – सुनचाँदीको भाउ लगातार दोश्रो दिन ओरालो लागेको छ। बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन तोलामा ५०० रुपैयाँले गिरावट भई प्रतितोला ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी चाँदी पनि तोलामा २० रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार चाँदी एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३