काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ४ करोड नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । संक्रमण फैलदै जाँदा धेरै देशहरुमा मृतकको संख्या बढिरहेको छ ।
पछिल्लो तथ्यांक अनुसार हालसम्म ३ करोड ९९ लाख ४५ हजार संक्रमित भइसकेका छन् । जसमध्ये ११ लाख १४ हजारको मृत्यु भएको छ । २ करोड ९८ लाख संक्रमण मुक्त भएका छन् । ८९ लाख सक्रिय संक्रमित संख्या छ ।
विश्वमा सबैभन्दा बढी अमेरिकामा ८३ लाख संक्रमित भएका छन् । जसमध्ये २ लाख २४ हजारको मृत्यु भइसकेको छ ।
भारतमा ७४ लाख संक्रमितमध्ये एक लाख १४ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५२ लाख संक्रमित संख्या मध्ये एक लाख ५३ हजारको मृत्यु भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३