काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७मुनाफाबाट शेयरधनीहरुलाई लाभांशदिने घोषणा गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको बैंकले जनाएको छ । सोमबार बसेको ३४५ औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस शेयर र कर सहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृतितथा बैंकको आगामीवार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण गरिने बैंक जानकारी दिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३