काठमाडौँ – जागरुक युवा समाजले रक्तदान कार्यक्रमलाई निरन्तरता दिने क्रममा सोमबार काठमाडौंको वसन्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
ब्लड डोनर्स एशोसिएन नेपाल (ब्लोदान) को आव्हानमा समाजले काठमाडौं महानगरपालिका २४ वडासँगको संयुक्त आयोजनामा पाँचौ रक्तदानको आयोजना गरेको हो ।
कोभिड १९ महामारीका कारण रगतको अभाव देखिन थालेकोले समाजले साप्ताहिक रुपमा रक्तदान गर्ने क्रममा आज वसन्तपुरस्थित महादेव पार्वती डबलीमा कार्यक्रम गरेको हो ।
समाजका सह सचिव राजीव श्रेष्ठको संयोजनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा जम्मा २० जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा केन्द्रिय रक्तसञ्चार केन्द्रकी निर्देशक डा.मनिता राजकर्निकार, ब्लोदानका केन्द्रीय कोषाध्यक्ष मचाकाजी महर्जनज्यु, २४ वडाका वडासदस्य साथै ब्लोदानका केन्द्रिय सदस्य र समाजका सल्लाहकार बिनोद तुलाधर लगायतको उपस्थिति रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३