काठमाडौं – सुनको मूल्य घटेको छ । दशैभन्दा पहिला सुन तोलामा ९५ हजार सात सय रुपैयाँ थियो । तर, विहीबार सुन तोलामा एक हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य एक हजार एक सय ८० रुपैयाँ रहेको महासंघले जनाएको छ । कात्तिक ६ गते चाँदीको मूल्य प्रतितोला १२३० रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३