वासिङटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी चुनाव जितेको दावी गरेका छन् । साथै उनले प्रतिष्पर्धी जो बाइडेनलाई ‘ठग’को आरोप लगाएका छन् ।
यस्तै ट्रम्पले मत गणनामा विवादका कारण त्यसविरुद्ध आफू सर्वोच्च अदालतमा जाने चेतावनी दिएका छन् । ‘हामी ठ्याक्कै जित नजिक थियौँ, खासमा हामीले पहिल्यै जितिसकेका थियौँ,’ ट्रम्पले भनेका छन् । ट्रम्पले ह्वाइटहाउसबाट रातको साढे २ बजे असाधारण भनिएको भाषणमा यस्तो बताएका हुन् ।
‘हामीले अरु धेरै राज्य जितिरहेका थियौँ, र हामी घोषणा गर्दै थियौँ । र ठीक त्यसै बेला त्यहाँ घोटाला भयो । अमेरिकी जनतामाथिको ठगी थियो त्यो । तर हामी यस्तो हुन दिँदैनौँ,’ ट्रम्पले भने ।
साथै उनले अदालत जाने चेतावनी दिए । र ट्रम्पले सबै मतदान रोक्न चाहेको पनि बताए । मतपत्रहरु एकाबिहानै अचानक गायब पारिएकोले घोटाला गरिएको उनले आरोप लगाएका हुन् । यो अमेरिका र अमेरिकी जनताका लागि लज्जाको कुरा भएको उनले बताए ।
अमेरिकामा जारी चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट डोनल्ड ट्रम्प र डेमोक्रेटका तर्फबाट जो बाइडेनबीच कडा प्रतिष्पर्धा भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३