काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) बाट हुने मृत्युदर गत अप्रिलयता ३० प्रतिशत घटेको एक अध्ययनले देखाएको छ । अमेरिकाको युनिभर्सिटी अफ वासिङटनका शोधकर्ताहरुले गरेको अनुसन्धानमा यस्तो पाइएको हो । युनिभर्सिटीको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन (आईएचएमई)ले बिहीबार सार्वजनिक गरेको अध्ययनको रिपोर्टअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको मृत्युदर शून्य दशमलव ६ प्रतिशत छ । यो महामारी सुरु हुँदाको समयमा यो दर शून्य दशमलव ९ प्रतिशत थियो ।
आईएचएमईका निर्देशक डाक्टर क्रिस्टोफर मुर्रेले चिकित्सकहरुले संक्रमितको उपचार थप प्रभावकारी तरिकाले गर्न थालेकाले मृत्युदरमा कमी आएको बताए । साथै पछिल्लो समयका उपचार विधि पनि थप प्रभावकारी बन्दै गएको उल्लेख गरे । विशेषज्ञहरुले महामारीको केही महत्वपूर्ण जानकारी भने अझै मृत्युदर, समग्र संक्रमित मानिसहरुको हिस्सालगायतका महत्वपूर्ण जानकारी पाउन सकेका छैनन् । कुनै पनि लक्षण नदेखिएका संक्रमितको कारण वास्तविक तथ्यांक पाउन नसकिएको हो ।
आईएचएमईले उमेरको आधारमा गरिएको सर्वेक्षणपछि संक्रमितमध्येको मृत्युदर पत्ता लगाउने प्रयास गरेको हो । अध्ययनका अनुसार एक वर्ष बढी उमेरको मानिसमा मृत्युको जोखिम नौ प्रतिशत बढी हुने गरेको पाइएको थियो । उमेर समुहको आधारमा गरिएको सर्वेक्षणमा मार्च/अप्रिलयता कोरोनाबाट हुने मृत्युदर ३० प्रतिशत घटेको पाइएको हो ।
स्रोत : रोयटर्स
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३