चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ९४ हजार ५३९ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार अपराह्नमा जानकारी दिएको छ ।
गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ५ करोड २७ लाख ७५ हजार ८४० व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ४० लाख ३३ हजार १०० व्यक्ति कोरोना मुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा जानकारी दिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बिहीबार, एकै दिनमा विश्वभरी ९ हजार ९२१ जनाको मृत्यु भएको छ । छ लाख ८ हजार ६२५ जना नयाँ संक्रमित थपिएका छन् । एएफपीले लिएको पछिल्लो तथ्याङ्ककाअनुसार सबैभन्दा बढी मृत्यु हुने देशहरूमा संयुक्त राज्य अमेरिकामा १ हजार ५१२ र दोस्रोमा ब्राजिलमा ९०८ जना रहेका छन् ।
संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ४२ हजार ४३५ जनको मृत्यु भएको छ । अमोरिकामा १ करोड ५ लाख ५५ हजार ४६९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । अमेरिकामा कम्तीमा ४० लाख ५१ हजार २५६ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।
अमेरिकापछि ब्राजिलमा १ लाख ६४ हजार २८१ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५७ लाख ८१ हजार ५८२ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २८ हजार ६६८ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८७ लाख २८ हजार ७९५ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
मेक्सिकोमा यस भाइरसका कारण ९७ हजार ५६ जनाको मृत्यु भएको छ भने ९ लाख ९१ हजार ८३५ जना सङ्क्रमित भएका छन् ।संयुक्त अधिराज्यमा ५० हजार ९२८ जनाको मृत्यु भएको छ भने १२ लाख ९० हजार १९५ जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३