ललितपुर – स्वर्गीय अग्रज सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई नेवाः पत्रकार राष्ट्रिय दबूले एक लाख रुपैयाँ प्रदान गरेको छ ।
सो रकम पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य र कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले संयुक्त रुपमा स्वर्गीय शाक्यका पत्नी धनलक्ष्मी शाक्यलाई हस्तान्तरण गरे ।
नेपाल भाषाका अग्रज सञ्चारकर्मी स्वर्गीय शाक्यले भाषा, साहित्य, संस्कृति र लिपिको विकासको लागि पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष बज्राचार्यले बताए।
पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा एक श्रद्धाञ्जली सभाको आयोजना गरी सहयोग स्वरुप पत्रकार राष्ट्रिय दबूले शनिबार सो रकम प्रदान गरेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७