काठमाडौं – गाई तिहारका दिन देशभरि ३९ वटा आगलागीका घट्ना भएका छन् । जसमध्ये १३ वटा आगलागी लक्ष्मीपूजा गर्दा बालिएको दियोबाट भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार आगलागीमा परेर एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । लक्ष्मीपूजाको अवसरमा बालिएको दियोबाट आगलागी हुँदा बहुदरमाई नगरपालिका–८ रामनगरीकी १५ वर्षीया मनाकुमारी साहको मृत्यु भएको हो ।
आगलागीबाट दुई करोड भन्दा बढी धनमालको क्षति भएको छ । प्राधिकरणले आगलागीबाट जोगिन सावधानीपूर्वक तिहार मनाउन आग्रह गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३