काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन भने देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।
यसैगरी, शनिबार दिउँसो प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यता, प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, राति प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
भने, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७