मोरङमा शारीरिक तथा मानसिक रूपमा अशक्त महिला बलात्कृत भएकी छिन्।
शनिबार दिउँसो करिब २ बजे रंगेली नगरपालिका-५ बहुवानकी ३५ वर्षीया महिला बलात्कृत भएकी हुन्।
उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय बौका भनिने सुरेन्द्र मण्डललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए।
उनका अनुसार महिला एक्लै भएको मौका पारी मण्डलले उनीमाथि बलात्कार गरेका थिए।
सो खबर पाएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले मण्डललाई पक्राउ गरेको हो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७