काठमाडौं – बाँकेमा कात्तिके पूर्णिमाको अवसरमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
झडपमा परी मृत्यु हुनेमा जानकी गाउँपालिका–५ का गुरूगाउँका ५४ वर्षीय धनीराम यादव रहेका छन् ।
स्थानीय २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीच पूर्व रिसिबीका कारण भएको विवादमा दुई पक्षबीच झडप हुँदा धनीरामको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही गाउँपालिका–५ गुरुवागाँउस्थित नागबाबा कुटीमा लागेको कात्तिके पूर्णिमा मेलामा पुरानो रिसिबीलाई लिएर उनीहरुबीच विवाद भएको थियो ।
प्रहरीका अनुसार सोही विवादलाई लिएर दुवै पक्षका मानिसहरु बानियाँगाउँमा भेला भई आपसी झै–झगडा एवं कुटपिट हुँदा धनीराम गम्भीर घाइते भएका थिए । उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
झडपमा परी अन्य १२ जना घाइते भएका छन् । १२ जना घाइते मध्ये दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको र अन्य १० जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँके र सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न १४ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३