काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि भएर रु ९१ हजारमा कारोवार भएको छ ।
छापावाला सुन मङ्गलबार प्रतितोला रु ९० हजार ५०० मा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।
यस्तै तेजाबी सुनसमेत आज प्रतितोला रु ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९० हजार ५० मा मङ्गलबार कारोवार भएको तेजाबी सुन आज भने रु ९० हजार ५५० मा कारोवार भएको छ ।
यस्तै चाँदी आज प्रतितोला रु एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला रु एक हजार १५५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला रु ३० ले वृद्धि भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३