काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ६ करोड ९२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठका अनुसार हाल सम्म ६ करोड ९२ लाख ३९ हजार ६ सय ७१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १५ लाख ७५ हजार आठ सय १० जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ४ करोड ७९ लाख ९४ हजार नौ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म सबैभन्दा बढी अमेरिकामा एक करोड ५८ लाख २० हजार ४२ जनामा संक्रमण पुष्टि भएको । त्यहाँ २ लाख ९६ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ । त्यस्तै, भारतमा ९७ लाख, ६७ हजार तीन सय ७१ संक्रमितमध्ये एक लाख ४१ हजार सात सय ७२ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमित संख्या अहिलेसम्म २ लाख ४४ हजार चार सय ३३ जना पुगेको छ । जसमध्ये एक हजार ६ सय ५१ जनाले ज्यान गुमाएका छन । नेपालमा हालसम्म दुई लाख ३० हजार पाँच सय ३७ जनाले कोरोना जितेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३