काठमाडौं – नेपाल वायुसेवा निगमले १० वर्षे एकीकृत व्यवसायिक योजना तयार पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई निगमले आज बुझाएको एकीकृत प्रतिवेदनमा सन् २०२४ बाट निगम नाफामा जाने उल्लेख गरिएको छ ।
निगमले तयार पारेको प्रतिवेदनमा २०३० मा ५ अर्ब ३० करोड मुनाफा हुने प्रक्षेपण गरिएको छ । निगमले तयार पारेको व्यवसायिक कार्ययोजना अनुसार सन् २०२१ मा वार्षिक २३ अर्ब ७६ करोड खर्च हुने र प्रत्येक वर्ष ९ प्रतिशतले खर्च वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
निगमले तयार पारेको सो योजना अनुसार २०२४ बाट नाफामा जानका लागि अन्तर्राष्ट्रिय उडान तर्फ सिड्नी, कोलम्बो, संघाई, इन्डोनेसिया, रियाद लगायत ८ नयाँ गन्तव्य थप्नुपर्ने उल्लेख गरेको छ । ती नयाँ गन्तव्यमा सेवा दिन न्यारो वडी ४ वटा र वाइड बडी २ वटा गरि ६ जहाज आवश्यक पर्नेछ ।
आन्तरिक उडानतर्फको सुधारका लागि पनि काठमाडौं, नेपालगंज, पोखरा र विराटनगरलाई पहाडी क्षेत्र उडानको मुख्य आधार बनाएर उडान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
नेपाल सरकारको १५ औं पञ्चवर्षीय योजना, सरकारको नीति तथा कार्यक्रम, हवाई नीति २०६३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदन, सुधार सुझाव समितिको सिफारिस गरेको छ ।
विगतमा तयार भएका व्यवसायिक योजनाको पुनरावलोकनलाई आधार बनाएर यो व्यवसाियक योजना तयार पारिएको हो । योजना प्रतिवेदनमा निगमको वित्तिय अवस्था, बजार विश्लेषण, कोभिड–१० ले निगममा पारेको असर, नेपाल सरकारबाट गरिएको अपेक्षालगायतका विषयवस्तुलाई उल्लेख गरिएको छ ।
प्रतिवेदन बुझ्ने क्रममा पर्यटन मन्त्री योगेश कुमार भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गर्न निर्देशन दिएका छन् । निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले सन् २०२१ देखि २०३० सम्मको व्यवसायिक योजनाबारे बताएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३