काठमाडौं – शुक्रबार र आइतबार स्थिर रहेको सुनको भाउ सोमबार तोलामै नौ सय रुपैयाँले बढेको छ । आइतबारसम्म ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको प्रतितेला भाउ सोमबार ९५ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले तेजाबी सुनको भाउ ९७ हजार सात सय तोकेको छ । यस्तै चाँदीको भाउ प्रतितोलामा ४० रुपैयाँले बढेको छ ।
शुक्रबारदेखि १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार प्रतितोला १३ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३