काठमाडौं – मंगलबार ३ सयले घटेको सुनको मूल्य बुधबार ओरालो लाग्न थालेको छ। मंगलबार तोलामा ३ सयले घटेर गलबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ९४ हजार रुपैयाँमा झरेको छ ।
छापावाला सुन मङ्गलबार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार भएको थियो । प्रतितोला ९०० रुपैयाँले बुधबार ओरालो लागी ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा ५० रुपैयाँले गिरावट आएको छ। बुधबार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य आज घटेको थियो । सोमबार सुनको मूल्य प्रतितोला ९५ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले घटेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७