काठमाडौं – महिला अधिकार र सशक्तीकरणका लागि काम गरिरहेका गैरसरकारी संस्था, जोन्टा क्लब काठमाडौंले धनुषामा बालिकाहरुलाई सशक्त पार्ने पहलमा हेमिस्फियर फ्याशन र टीच फर नेपाल (टीएफएन) को सहयोगमा ५० वटा साइकल वितरण गरेको छ ।
धनुषाका ४ वटा विभिन्न विद्यालयका ५० जना बालिकालाई टीएफएनका फेलोहरुले आर्थिक पृष्ठभूमिका आधारमा उत्कृष्ट गर्न सक्षम र मेहनती विद्यार्थीहरूलाई चयन गरेका थिए ।
स्कूल पुग्न दैनिक ३—४ किलोमिटर पैदल यात्रा गर्नुपर्ने र स्कुल आउन—जानका लागि साधन नभएका तथा किन्न सक्ने क्षमता पनि नभएका बालबालिकाहरुलाई छनौट गरिएको हो ।
कक्षा ५ देखि कक्षा ८ सम्मका बालिकाहरुलाई जनता मा.वि., कजरा, रमौल परिसरमा साइकल वितरण गरिएको थियो । साइकल प्राप्त गर्नेमा मिथिला बेसिक स्कूल—कचुरी, जनता मा.वि स्कूल— कजरा रमौल, श्री मा.वि.स्कूल—लालिया र जा. रा. मा. वि. पूरनदाहाका विद्यार्थीहरु छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३