कृष्णा यादव, वीरगंज – सशस्त्र प्रहरी बल बिओपी अलौले भारत बाट नेपाल तर्फ भित्रयाइएको अवैध कुखुराको चल्ला सशस्त्र प्रहरी बल बिओपी अलौले बरामद गरी नष्ट गरेको छ ।
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल बिओपी अलौले प्रमुख प्रहरी निरीक्षक ईशवर अधिकारीको कमाण्डमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका १९ बिन्दवासिनी बाट भारत भएर नेपाल तर्फ भित्रयाईएको दुईवटा मोटरसाइकलमा लोड रहेको ६ हजार गोटा ब्रोईलर कुखुराको चल्ला बरामद गरि नष्ट गरिएको हो ।
सशस्त्र प्रहरीले अवैध कुखुराको चल्ला बरामद गरि नष्ट गरि पक्राउ परेको मोटरसाइकल थप अनुसन्धानको लागि वीरगंज भन्सार बुझाएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
सशस्त्र प्रहरी बल बिओपी अलौले पक्राउ गरेको अवैध कुखुराको चल्ला पशु क्वारेन्टाईन, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल बिओपी अलौका प्रमुख ईशवर अधिकारीले बताए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७