बाँके – मोटरसाइकल चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका–४ गणेशपुरस्थित पार्किङ गरी राखेको भे.१० प ४७८९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा जाजरकोट त्रिवेणी घर भएका २० वर्षीय विपिन बस्नेतलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
सोही उपमहानगरपालिका–११ बस्ने जान मोहम्मद जरगरको उक्त मोटरसाइकल चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त चोरी भएको मोटरसाइकल सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७