काठमाडौँ – वातावरण विभागले बालबालिका, ज्येष्ठ नागरिक तथा मुटु र श्वासप्रश्वास सम्बन्धी रोगका पीडितलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै उपत्यकाको वातावरण प्रदूषण बढेकाले घरबाहिर ननिस्कन आग्रह गरेको हो । घरबाहिर निस्कनै पर्नेले पनि विशेष सावधानी अपनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाद्वारा जारी विज्ञप्तिमा खास गरी बिहान र बेलुकीको समयमा उपत्यकाको वातावरण प्रदूषण मात्रा अत्याधिक रहेको बताएका छन् ।
‘वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही दिनसम्म प्रदूषण यस्तै रही रहने अथवा अझै खराब हुनसक्ने सम्भावना भएकाले विशेष सावधानी अपनाउनु हुन अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै विभागले नेपालगञ्ज, विराटनगर लगायत क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको उल्लेख गर्दै तराई क्षेत्रका नागरिकलाई पनि विशेष सतर्कता अपनाउन भनिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३