काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जनवरी २० मा हुने जो बाइडनको शपथ ग्रहण समारोहमा सहभागी नहुने घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित वाइडनले २० जनवरीदेखि औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्दै छन् । ‘जसले मलाई सोधेका छन्, उनीहरुलाई भन्न चाहान्छु, म जनवरी २० मा हुने शपथ ग्रहण समारोहमा सहभागी हुने छैन,’ उनले आफ्नो ट्वीटमा भनेका छन् ।
तर उनको ट्वीट एकाउन्टलाई केही समय समयका लागि बन्द गरिएको छ । निर्वाचनको नतिजालाई अस्वीकार गर्दै आएका उनले विहीबार एक भिडियो सन्देश मार्फत स्वीकार गरेका छन् ।
वाइडनले भने ट्रम्प सहभागी नहुनु राम्रै भएको र आफूले ट्रम्पलाई मिस नगर्ने बताएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३