एजेन्सी – भारतको कर्नाटनकमा कोरोना खोप लगाएलगत्तै ह्द्यघात भएर एक व्यक्तिको मृत्यु भएको छ । शनिबार स्थानीय सन्दूर सदर अस्पतालमा कोरोना खोप लगाएका ४३ वर्षीय नागराजाको मृत्यु भएको बेंगलुर पुगेका पत्रकार इमरान कुरेशीलाई एक सरकारी अधिकारीले बताएका छन् । भारतमा शनिबारदेखि देशभार कोरोना खोप अभियान सुरु भएको छ ।
बेल्लारीका डेपुटी कमिश्नर पवनकुमारले बीबीसी हिन्दीलाई बनाएअनुसार मृतक नागराजको पोष्ट मार्टम भैसकेको छ र यसको रिपोर्ट राज्य सरकारलाई पठाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका एक अधिकारीका अनुसार नागराजको मृत्यु श्वास प्रणालीको असफलताका कारण भएको हो । भारतमा शनिबारदेखि कोरोना खोप अभियान सुरु गरिएको छ । त्यहाँ पहिलो चरणमा ३० करोड जनालाई भ्याक्सिन लगाउने तयारी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३