काठमाडौं – कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै चार तहको लेखापालदेखि ९ तहकको वरिष्ठ शाखा प्रमुखसम्मका लागि आवेदन आह्वान गरेको हो ।
बैंकले जारी गरेको सूचना अनुसार बैंकले कुल १५ वटा पदका लागि ३२६ जना कर्मचारी माग गरेको हो। यसमध्ये १८१ जना खुला, ५२ जना महिला, ३७ जना आदिवासीरजनजाति, ३० जना मधेसी, १३ जना दलित, ६ जना अपांगता भएका र ७ जना पिछडिएको क्षेत्रबाट जागिरका लागि आवेदन माग गरेको हो।
नियुक्ति स्थायी हुने छ। पदअनुसार योग्यता फरक फरक तोकिएको छ। कम्तिमा प्लसटु उत्तीर्ण हुनु पर्नेछ। परीक्षा दस्तुर ४ सयदेखि एक हजार रुपैयाँसम्म लाग्ने छ। परीक्षा दस्तुर कनेक्ट आइपीएस, इसेवा र खल्ती एपलगायतबाट बुझाउन सकिन्छ।
अनलाइनबाट फारम भर्न सकिने छ। बैंकको वेबसाइटमा यो सुविधा उपलब्ध छ। उमेर हद पदअनुसार फरक फरक छ। ४० वर्षसम्मकाले आवेदन दिन सक्ने छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३