गत कात्तिक १६ गते भक्तपुर सूर्यबिनायक गणेश मन्दिर नजिकबाट बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले धावा लामा र राज कुमार घिसिङलाई सुनौलो कछुवा सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुलाई बिना कारवाही सजाय र थुना मुक्त गराई दिन्छौ भनेर बिश्वास दिलाई ग्याल्छेन र बीर बहादुरले नगद २ लाख १० हजार रुपैयाँ ठगी गरी सम्पर्क बिहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले बीर बहादुरलाई शुक्रबार र ग्याल्छेनलाई शनिबार पक्राउ गरेको जनाएको छ ।
पक्राउ ग्याल्छेन र बीर बहादुर उपर जिल्ला अदालत भक्तपुरबाट ठगी कसूरमा ५ दिन म्याद थप गरी अनसुन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले बताएको छ ।