एजेन्सी – फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६।३ म्याग्नीच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार आइतबार १२:२२ दिउँसो उक्त भूकम्प गएको बताइएको छ । माग्सेसे शहरबाट ६ किलोमिटर दक्षिणपश्चिममा १५ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।
यस भूकम्पको कम्पन कोटाबाटो प्रान्तको कादापावान शहर र कोरोनादाल सहरमा पनि कम्पनको महसूस गरिएको समाचारमा जनाइएको छ । यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन् । फिलिपिन्समा भूकम्पको प्रकोपले बारम्बार सताएको पाइन्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३