बैतडी – बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याका आरोपीले बलात्कार भने नगरेको बताएका छन् ।
प्रहरीले घटनामा संलग्न भागरथीकै विद्यालयमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय किशोरलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । ती किशोरले भागरथीलाई घरासयी विवादको बदला लिन सडकबाट धेकलेर धकेलेर भीरमा खसालेको र दुवै हातले घाँटी थिचेर हत्या गरेको बयान प्रहरीमा दिएका छन् । तर, बलात्कार भने नगरेको उनले बताए ।
बलात्कार गर्न पाइन्ट खोलेको तर, बलात्कार भने नगरेको उनको दाबी छ । ‘म अन्तिम पिरियड नपढी विद्यालयबाट निस्केर भागरथी दिदीलाई कुरेर बसें । दिदी आइन, अनि पहिला हातमा रहेको काफी खोसें र भिरबाट लडाएँ, ‘अभियुक्तले बयानमा भनेका छन्, ‘तल पुगेपछि दुवै हातले घाँटी अँठ्याएर हत्या गरें । बलात्कार गर्न पाइन्ट खोलेको थिएँ, तर बलात्कार गरेको होइन ।’ यद्यपि पोष्टमार्टम रिपोर्टमा भने भागरथीको बलात्कार भएको देखाएको छ ।
घटना भएको दिन २१ माघमा आफू अन्तिम कक्षा नपढी १ः४५ मा विद्यालयबाट निस्केको किशोरले बताए । साथीहरुसँग आफ्नो चोकलेक बजारमा भेट भएको र उनीहरुलाई छाडेर भागरथीको बाटो ढुक्न जंगलै-जंगल अगाडि आएको बयानमा उल्लेख गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३