काठमाडौँ – स्याकर ट्रेडिङ्गका निर्देशक सौरभ ज्योतीले मोटरबाइकका पारखीहरुका लागि अनौठो अनुभव प्रदान गर्नको लागि ‘एसजे मोटो’को स्थापना गरेका छन् ।
‘एसजे मोटो’ले सुपरबाइकहरु, बिभिन्न बाइकहरुका साथसाथै नेपालमा मेटरबाइकको इतिहासका बारेमा संग्रालयको रुपमा प्रदर्शन गर्ने छ । बाइक पारखीहरुले विभिन्न बाइकको अवलोकनसहित कफि र नेपालको संस्कृति झल्कने विभिन्न
खानेकुराहरुको परिकारका स्वाद पनि लिन सक्नेछन् ।
बाइक, कफि, कल्चर, फनको सम्मिश्रणको रुपमा ‘एसजे मोटो’ लाई परिचित गराइएको छ ।
‘एसजे मोटो’ नेपाल कै पहिलो मोटरबाइकको संग्रालयसहितको क्याफे रहेको स्याकरका निर्देशक सौरभ ज्योतीले जानकारी दिए ।
‘एसजे मोटो’मा ग्राहकले नयाँ तथा पुराना सुपरबाइकहरु खरिद गर्न सक्नेछन् । विभिन्न ब्राण्डका अफिसियल मर्कन्डाइज लुगा लगायत मार्भेल र डिसी जस्ता ब्रण्डका सामानहरु पनि यहाँ उपलब्ध रहेको छ ।
२५ वर्ष देखिको निरन्तर मोटरबाइकहरुको संग्रह गरिरहेका निर्देशक सौरभ ज्योतीले बाइक पारखीको लागि ‘एसजे मोटो’को स्थापना गर्न पाउदा हर्सित बनेको पनि बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३